चितवन ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली शर्मा आज चितवन आउँदै छन् । मातृ शोकमा रहेका एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई भेट्नको लागी ओली चितवन आउने भएका हुन् ।
‘बादल’ की आमाको निधन भएको आज ६ दिन भएको छ । बादललाई भेट्न ओली १०ः५५ बजेको फ्लाईटमा भरतपुर विमानस्थलमा आइुपुग्ने एमाले नेत्री पार्वती रावलले जानकारी दिइन् ।
क्षेत्रपुरस्थित निवासमा ओली र बादलबीच करिब १ घण्टा भेटघाट हुने रावलले बताइन् ।
प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पार्टीको कार्यक्रममा सहभागी हुन चितवन आउँदै छन् ।












