काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।
भारतका विदेशमन्त्री डा एस जयशङ्करको औपचारिक निमन्त्रणामा भारतको भ्रमणका क्रममा शुक्रबार खनाल नयाँदिल्ली पुग्नुभएको हो ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय वार्ता गर्नुहुनेछ भने अन्य उच्चस्तरीय भेटघाटमा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शुक्रबार नै पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भारत भ्रमणकाक्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा। एस जयशङ्कर, गृहमन्त्री अमित शाहसँगै भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ ।











