चितवन, भदौ २४–
नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेले बलात्कारको प्रकरणमा आफु निर्दाेष रहेको दाबी गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै लामिछानेले सिपिएल छाडेर केहि दिनमा नै नेपाल फर्किने निर्णय गरेको बताएका छन् ।
एक नाबालिगलाई बलात्कार गरेको आरोपमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन पनि गरिसकेको छ ।
‘म निर्दाेष छु र नेपालको कानुनको पूर्ण विश्वास पनि राख्छु । सिपिएल छाडेर केहि दिनमा नै स्वदेश फर्किने निर्णय गरेको छु’, उनले लेखेका छन् ।
आधारहिन आरोपको सामना गर्न तयार रहेको भन्दै उनले घटनाको सहि अनुसन्धान गरेर निर्दाेषलाई न्याय दिलाउन आग्रह गरेका छन् । कानुन सबैलाई बराबर हुने विश्वास पनि लिएको उनले बताएका छन् ।











