चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराती विद्युत सर्ट भई आगालागी भएको छ । कुखुराको दाना बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको गोदाम धनी किरण वलीको दाबी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार बिहान १ः४० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय भण्डारा, दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः२० बजेका समयमा पुर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगायतमा क्षती भएको गोदाम धनी वलीले बताएका छन् । ईलाका प्रहरी कार्यालयका अनुसार मानवीय क्षती भने भएको छैन ।











