चितवन । भरतपुर महानगरपलिक–४ को विभिन्न स्थानम आज सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
भरतपुर–४ को जेम्स फन पार्कदेखि धारापानी चोकसम्म र आसपासको क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले बताएको छ ।
११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले उक्त क्षेत्रमा लाइन काट्न लागिएको विरतण केन्द्रका प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए ।
निर्धारित समय अगावै काम सकिएमा छिट्टै लाइन सुचारु हुने बताइएको छ ।













