चितवन । चितवनको रत्ननगर नगरपालिका–१ सौराहा चोकमा खाली ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बुधबार बिहान ७ः४५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट खैरहनीतर्फ जादै गरेको ना ६ ख ६२८२ नम्बरको खाली ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक रत्ननगर–९ बस्ने २७ वर्षीय किशोर श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ८ः३५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।
स्कुटर पछाडि सवार सागर बुढाथोकी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएको प्रहरीले बताएको छ ।












