चितवन । आगामी फागुन १९ गते नेपाली बक्स अफिसमा दुई नेपाली फिल्म ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ प्रदर्शन हुने भएका छन् ।
मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेका हुन् । यससंगै यसअघि नै मिति तय गरिएको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ संग जुध्ने पक्का भएको हो ।
पछिल्लो समय सर्वाधिक रुचाइएका अनमोल केसी र हाँस्यकलाकार दिपकराज गिरीको चलचित्र एकैदिन प्रदर्शनमा आउने भएपछि भिडन्त रोचक हुने देखिन्छ ।
छड्के २ को छायांकन सकिएको छ भने छक्कापञ्जा ४ को अझै २५ प्रतिशत बाँकी छ । फागुपर्व र नारी दिवसको तीन दिने बिदाका कारण निर्माताको लागि फागुन १९ को मिति रोजाइमा परेको हो ।











