चितवन । मंगलबार सुन र चाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो।
छापावाल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोला तोकिएको महाशाखाले जानकारी दिएको छ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।











