काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने निर्णय गरेको छ ।
कात्तिक ४ गते बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकले चुनाव खारेज अभियान सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिएका छन्।
मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवजत पत्रकार सम्मेलनमा बोल्दै उनले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको बताए ।











