गोरखा । गोरखा नगरपालिका–५ का वडा अध्यक्ष खिलबहादुर रानाको मृत्यु भएको छ । बिहीबार घरमा बेहोस बनेका रानालाई गोरखा अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको मृत्युको कारण भने खुलिसकेको छैन । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । राना नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।











