गैंडाकोट । नारायणी नदीमा नुहाउने क्रममा डुबेर एक जना बृद्धको मृत्यु भएको छ ।
नवलपुरको गैंडाकोट नगरपालिका–१ आदर्शटोलस्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा डुबेर गैडाकोट–१ गंगानगर टोल बस्ने ९३ वर्षीय टंकनाथ कंडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।
भाईटिकाको दिन दिउँसो नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका कंडेलको शव साँझ नदीबाट निकालेर पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाईएको र पोष्टमार्टम पश्चात् आफन्तले शव बुझेको प्रहरीले जनाएको छ ।











