काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी ‘नो नट अगेन’ अभियानको पक्षमा उभिएका छन्। डा केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
उनले राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको आरोप लगाएका छन्।
‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं ।
वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ,’ डा केसीले भनेका छन्।











