चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको राजनीतिप्रति टाउको दुखाउन नहुने बताएका छन् । पत्रकार ऋषि धमालासँगको अन्र्तवार्तामा बोल्दै ओलीले रविले बल्ल राजनीति सिक्दै गरेकाले त्यसमा टाउको दुखाउन नहुने बताएका हुन् ।
रविले पुराना पार्टीका नेतालाई सिध्याउने बताएका छन् नि भन्ने धमालाको जिज्ञासामा ओलीले हाँस्दै भने, ‘बाबुहरुले राजनीति गर्न सुरु ग¥या छन्, सिक्दै छन् । यस कुरामा हामीले किन टाउको दुखाउने ?’
त्यस्तै ओलीले रविन्द्र मिश्रले राजनीति नबुझि राजनीति गर्न खोजेको भन्दै मिश्रले पछौटेपन विचार बोकेको टिप्पणी गरे । ‘उहाँ बैँशमै किन बुढो हुनुभयो ? किन पुराना थोत्रा विचारहरु आए भन्ने हो’, उनले भने ।












