चितवन । चितवन १ का प्रतिनिधि सभा सदस्यका उमेदवार नेपाली कांग्रेसका डा विश्व पौडेल विरुद्ध कांग्रेसकै बागी उमेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका छन् । पौडेल अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा बहाल रहेको भन्दै बुर्लाकोटीले पौडेलको उमेदवारी खारेज गर्न निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ मा निवेदन दिएका छन् ।
हिजो (आइतबार) उमेदवारी दर्ता गरेका उमेदवार विरुद्ध दिउँसो ३ बजेसम्म उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको थियो । निर्धारित समयमा नै बुर्लाकोटीले पौडेल विरुद्ध उजुरी दिएका हुन् । दुवै पक्षलाई भोलि (मंगलबार) १० बजे सबुत प्रमाणसहित उपस्थित हुन निर्वाचन अधिकृतको कार्यालय चितवन निर्वाचन क्षेत्र नं १ ले आग्रह गरेको छ ।












