चितवन । कालिका नगरपालिकामा सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका–४ बलरामटोलका २७ वर्षीय सलिम गुरुङ रहेका छन् ।
गुरुङले असोज २३ गते साँझ करिब साढे ५ बजेको समयमा बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित बालिकाकी आमाको किटानी जाहेरीका आधारमा प्रहरीले गुरुङलाई सोहि दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर गुरुङमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।











