काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन् । आज मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंसिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।











