एजेन्सी। पछिल्लो २४ घन्टामा भारतमा १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार ७२० जना सक्रिय संक्रमित छन्। २४ घन्टामा छ हजार ६२८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।












