चितवन । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधिस वासुदेव न्यौपानेलाई नियुक्त गरेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
आयोगले बारा–२ मा बारा जिल्ला अदालतका न्यायाधिस मुकेश उपाध्याय र तनहुँ–१ मा तनहुँ जिल्ला अदालतका न्यायाधिस कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको छ ।
उपनिर्वाचनको लागि आयोगले आज तीन न्यायाधिसलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । हेभिवेट नेताबीचको प्रतिस्पर्धाले उपनिर्वाचनलाई रोचक बनाउने देखिएको छ ।













