काठमाडौँ । नेपाली कांग्रेस परित्याग गर्दै अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी गिरोहमा परिणत हुन लागेको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको आरोप लगाएका छन् ।
पार्टी परित्यागको जानकारी दिनका लागि सामाजिक सञ्जालमा राखेको सन्देशमा बिहीबार वाग्लेले वैकल्पिक राजनीतिक अपनाउनुपर्ने पनि बताएका छन् ।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले लेखेका छन्, ‘अब कांग्रेस-कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।’












