चितवन । भरतपुर महानगरपालिका–११ लामाटोलको एकघरबाट एक लाख अट्ठाईस हजार रुपैयाँ र १६ थान कौडा सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामाटोलको मैति लामाको घरमा कौडा खेलिरहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले छापा मारेको थियो ।
जुवा खेल्न नहुने सम्बन्धि कसुरमा पक्राउ गरिएका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर–११ बस्ने ४० वर्ष कि मिना कुमारी दर्लामी, ३८ वर्षीय तिर्थ कुमारी गुरुङ, ३० वर्षिया सबु गुरुङ, ३७ वर्षीय सरोज गुरुङ, ३५ वर्षीय डम्बरजङ गुरुङ, ३५ वर्षीय सरोज न्यौपाने, ४१ वर्षीय राजेन्द्र सिंखडा, तनहुँ घर भएका ३७ वर्षीय शिवराज घिमिरे र लमजुङ घर भएका ४८ वर्षीय दिल ब. गुरुङ रहेका छन् ।
त्यस्तै, वर्ष ३२ का शिव कुमाल, ४२ वर्षीय कुमार सिंह तामाङ, ३० वर्षीय प्रवीण भट्टराई, ३४ वर्षीय जितेन्द्र कुमाल, ४८ वर्षीय कृष्ण ब. तामाङ, ६८ वर्षीय बल ब. कुमाल र सोही वर्षका रेशम ब.लामा पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ ।











