चितवन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावका लागी उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएपछि चितवन क्षेत्र नं. ३ का उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्ने छन् ।












