काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । २० दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि जोशी किष्ट अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले बुधबार एक सूचना जारी गर्दै पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको जनाएको छ। खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दोहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ ।
उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।












