चितवन । नेपाल स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने भएका छन् । प्रतिनिधि सभाको निर्वाचनको लागि चितवन २ बाट उमेदवारी दिन लामिछाने चितवन आइपुगेका छन् । चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले उमेदवारी दिँदै छन् ।
निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले स्वतन्त्र पार्टीका उम्मेदवारलाई मनोनयन दर्ता गर्न दिउँसो १२ बजेको समय दिएको छ ।











