चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उम्मेद्धारहरु जिल्ला आएका छन्। चितवन–१ मा एमालेबाट सुरेन्द्र पाण्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्बारी दिने भएका छन् ।
चितवन–२ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवी लामिछानेले उम्मेद्बारी दिने भएका छन् ।
चितवन–३ मा एमालेबाट राम प्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र कांग्रेसबाट कार्बाही भोगेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्बारी दिने भएका छन् ।
यस क्षेत्रमा राप्रपा र एमाले बीच सहमति नभएपछी छुट्टाछुट्टै रुपमा उम्मेद्बारी दिन लागेका हुन्।












