काठमाडौँ । चलचित्र ‘ऐना झ्यालको पुतली’ अस्कार अवार्डको लागि छनौट भएको छ ।
अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५ औँ संस्करणका लागि नेपालको अन्र्तराष्ट्रिय फिचर फिल्म छनौट समितीले सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली सिफारिस गर्ने निर्णय गरेको हो ।
समितीको सोमबार बसेको बैठकले उक्त फिल्म छनौट गरेको हो । छनौट समितीले उक्त प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई गत भदौ ३० गतेभित्र आवेदन दिन भनेको थियो । सोही सूचना अनुसार फिल्म ‘प्रकाश’, ‘राधा’ र ‘ऐना झ्यालको पुतली’ले आवेदन दिएका थिए ।
यो वर्षको अस्कार अवार्ड मार्च १२ मा लस एन्जलसको डब्ली थिएटरमा हुने भएको छ ।
चलचित्र ऐना झ्यालको पुतली गत भदौ २४ गतेबाट प्रदर्शनमा देशभर प्रदर्शनमा आएको थियो । सुरुवाती दिनमा सो नपाएको फिल्म पछिल्लो समय दर्शकहरुको रोजाईमा पर्दै गएको छ ।
फिल्म हेरेर हलबाट फकर्ने जोकोहिलाई निरास नबनाउने उक्त फिल्मको सकरात्मक प्रतिक्रियाले हलहरुमा सो पनि थपिँदै गएको छ । फिल्मलाई दर्शकले रुचाउनुको साथै अस्कार अवार्डमा समेत छनौट हुँदा निर्देशक बिडारीले धन्यवाद दिएका छन् ।











