चितवन। रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुषको डेङ्गुबाट मृत्यु भएको छ ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका फिजिसियन डा आलोक प्रधानले जानकारी दिएका छन् ।
अध्ययनका क्रममा उनी काठमाडौँ बस्दै आएका थिए । ज्वरोका कारण उनी पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएका थिए ।
जिल्लामा हालसम्म दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षण गर्दा चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ ।











