चितवन । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा साइकल लैजान निषेध गरिएको बताएका छन् ।
रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललको निमन्त्रणामा रास्वपा पार्टी कार्यालय पुगेका शाहलाई गेट पालेले साइकल भित्र लैजान अनुमति नरहेको बताएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सियर गर्दै रास्वपा कार्यालयमा साइकल निषेध गरिएको बताएका हुन् । उपाध्यक्ष अर्याललाई फोन नलागेपछि आफु फर्किएको समेत उनले लेखेका छन् ।












