चितवन । चितवनको कालिका एफएमले आफ्नो २०औं बार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएम परिसरमा आज आयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको छ । स्थापनाकाल देखि नै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।
महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आई रहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफ।एमका निर्देशक दिपक पौडेलले बताए ।
विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निर्माण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोहि अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले जानकारी दिए ।
यसबर्ष बार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्त दुस्त बनाईएको छ । विगतमा हुँदै आएको म्यूजिक अवार्ड केही महिना पछि गरिने बताईएको छ । बार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो बर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ ।
असोज १ गते देवघाटधाममा रहेका जेष्ठ नागरिक सम्मान गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार, असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्तरक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा बार्षिकोत्सव समापन समारोह हुनेछ ।
‘











