भरतपुर । भरतपुरको केन्द्रिय बसपार्कमा यामाहाले मेगा–एक्सचेन्ज मेला चलाइरहेको छ ।
भदौ २६ देखि देखि भएको मेला भदौ ३१ गतेसम्म चल्नेछ । मेलाको मुख्य आर्कषण १५० सिसिको यामाहाको एफजेडएक्स र आरवान फाइभ एम रहेको एमए डब्लु इन्टरप्राइजेजका एरिया सेल्स म्यानेजर दिपक विश्वकर्माले जानकारी दिए ।
दशैँलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा ग्राहकले विभिन्न मौकाको फाइदा उठाउन सक्ने विश्वकर्माले बताएका छन् ।
मेलामा हरेक दिन ‘लक्की ड्र बाट तीन जनाले ५० इन्चको स्मार्ट टिभी पाउने यामाहा मेगा एक्सचेन्ज मेलाको मूख्य अफर रहेको छ । उक्त मेलामा नगद बाइक किन्दा ६ हजारसम्म छुट पाइने विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तैगरि, मेलाको अवधिभर जुनसुकै ब्राण्डको बाइक एक्सचेन्ज गर्दा सात हजार रुपैँया थप मुल्याङकन गरिने उनको भनाई छ ।
मेला अवधिभर न्युनतम ३० प्रतिशत डाउनपेमेन्ट सुविधा साथै ‘अन द स्पोट’ फाइनाइन्सको पनि सुविधा रहेको मेलाको अर्को आर्कषण भएको दिपक विश्वकर्माले बताए । यामाहा मेगा एक्सचेन्ज मेलामा न्युनतम दुई लाख १९ हजार ९०० अधिकतम पाँच लाख ८७ हजार ९०० सम्मका बाइक र स्कुटर हरेका छन् ।
यामाहाको मूल्यसूचीः













