चितवन। चितवन २ बाट निर्वाचित हुन लागेका रवि लामिछानेलाई नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले बधार्इ दिएका छन् । लामिछानेलाई खादा ओढाएर बधाई दिएका श्रेष्ठले जनताले साँच्चिकै परिवर्तन चाहेको बताए ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेकोले श्रेष्ठले बधाई दिँदै भने, ‘हामीलाई सक्किने मन्जुर छैन, हामी सचिन्छौ। ’
गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले आठ हजार ४२५ मत सहित दोस्रो स्थानमा छन् । रवि लामिछानेले ४५ हजार ८४२ मत सहित अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आठ हजार ३२९ मत सहित तेस्रो स्थानमा छन् ।












