चितवन। चितवन–२ प्रतिनिधि सभा सदस्य एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएको बताएका छन् ।
गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ ।पछिल्लो मत परिणाम अनुसार उनी आठ हजार ३२९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले आठ हजार ४२५ मत सहित दोस्रो स्थानमा छन् । रवि लामिछानेले ४५ हजार ८४२ मत सहित अग्रता लिइरहेका छन् ।
यद्यपि उनको हार निश्चित भइसकेकोले हार स्विकार गर्दै सामाजिक सञ्जालका एक पोष्ट गरेका छन् । उनले लेखेका छन्, ‘निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छु । जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास अनि समृद्दीका लागि लडिरहनेछु । सबैमा हार्दिक धन्यवाद ।’
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेको छ ।












