चितवन । सांसदहरुलाई निषेध गर्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको योजनामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले समर्थन जनाएका छन् ।
कोशीको पानी धरानमा ल्याउने प्रोजेक्ट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा परेन भने सांसदलाई धरानमा प्रवेश निषेध गर्ने भन्दै हर्क साम्पाङले फेसबुकमा एक स्टाटस लेखेका थिए ।
उक्त स्टाटसमा प्रतिक्रिया जनाउँदै बालेनले साम्पाङको योजनामा पूर्ण समर्थन रहने बताएका हुन् ।
‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्युहरुलाई धरानमा निषेध गरिनेछ । तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को । ख्याल नठान्नु होला । यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु’, साम्पाङले स्टाटसमा भनेका छन् ।
उनको स्टाटसमा प्रतिक्रिया दिएका बालेनले, ‘पूर्ण समर्थन, गर्ने नै यहि हो’ भनेका छन् ।












