चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित पृथ्वी राजमार्गमा यात्रु बहाक बसमा अचानक आगलागी भएको छ ।
गएराति साढे १ बजेको समयमा गौरबाट काठमाडौ जाँदै गरेको बा प्र ०३–००१ ख २५११ नम्बरको बसमा अचानक आगलागी भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
बसमा सवार चालक सहचालकसहित सबै यात्रुहरु सकुसल रहेपनि यात्रुका केहि सामान जलेको उनले बताए । जलेर नष्ट भएका सामानको विवरण खुल्न बाँकी छ ।
बसमा लागेको आगो सशस्त्र प्रहरी बल कुरिनटार र दमकल समेतले नियन्त्रणमा लिएको हो ।












