भरतपुर । पानीको निकास नहुँदा भरतपुरका सडक जलमग्न हुने गरेका छन् । सडक बनाउँदा नाली पनि बनाउनुपर्छ भन्ने ज्ञान नहुँदा यस्तो समस्या दोहोरिरहेका छन् ।
आइतबार परेको पानीले हाकिमचोक–धारे चोक सडक खण्ड जलमग्न हुन पुगेको थियो । आकर्षक फुटपाथसहितको १६ मिटर चौडाई भएको यो बाटोमा पानीको निकासका लागी नाला बनाइएको छैन ।
जसका कारण पानी पर्ने बित्तिकै सडक जलमग्न हुन पुग्छ । सडक जलमग्न हुँदा यात्रीहरुलाई समस्या हुने गरेको छ ।














