काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संवादका लागि बोलाउँदा विपक्षी दलहरुले बेवास्ता गरेको खुलासा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आइतबार आफूले संसदका गतिरोधबारे छलफल गर्न दलहरुलाई बोलाएको, आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जनाए ।
विपक्षी दलहरुले सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् । उनले नेपालको कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न आह्वान गरे ।












