चितवन । आज जुलाई २९, विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ दिवस मनाइँदै छ । दिवसकै दिन पारेर बाघको संख्या सार्वजनिक गर्न लागिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।
राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राट्रियसभा गृहमा बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रमको कोष स्थापनाको घोषणा पनि गर्ने कार्यक्रम छ ।
नेपालले गत मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो । नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२० भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर अर्थात् २५० पुर्याउने लक्ष्य राखेको छ।











