काठमाडौँ स् प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारर प्रतिनिधि सभामा राखेकोअभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा पनि सांसदले विरोध जनाएका छन्।
सोमबारको बैठकमा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन्। अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही शुरु गर्न लाग्दा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाए। प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाले भारतले मात्रै नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताएका थिए।












