आज २०७९ साल माघ २९ गते आइतवार, सन् २०२३ फेब्रुअरी १२ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष – महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
वृष – आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।
मिथुन – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
कर्कट – आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
सिंह – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।
कन्या – आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ ।
तुला – आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।
वृश्चिक – लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।
धनु – आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर – आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।
कुम्भ – आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
मीन – मनमा उत्साह र उमङ्गको कमी देखिनसक्छ । गरिएको कामबाट लाभ लिन सकिने छैन । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।










