भरतपुर । कमलनगर बजार व्यवस्थापन समितिको अध्यक्षमा मनोज बर्णवाल चयन भएका छन् ।
समितिको आज (सोमबार) सम्पन्न तेस्रो अधिवेशनबाट बर्णवालको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार महतो, प्रथम उपाध्यक्षमा सुर्यमणि लामिछाने, उपाध्यक्षमा बिष्णु प्रसाद भुसाल, सचिवमा यम प्रसाद घिमिरे, सह–सचिवमा महादेव श्रेष्ठ र कोषाध्यक्षमा कमला अर्याल चयन भएका छन् ।
समितिको सदस्यहरूमा संजय पौदार, लक्ष्मी देवकोटा बस्याल, राजन रौनियार, भिम प्रसाद सुवेदी, सागर सुवेदी, कृष्ण आचार्य, सुनिल गुप्ता, नासिर हुसेन र सल्लाहकारमा विजय तिमिल्सेना, युबराज थापा, टंक सापकोटा र धन बहादुर राना मगर चयन भएका छन् ।
समितिका संस्थापक अध्यक्ष शंकर प्रसाद घिमिरे प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।











