काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोहि मालिक र दास नभएको बताएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने बताउदै पार्टीको यो संघर्ष व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।
उनले यो विशेष महाधिवेशनले के निर्णय गर्छ आफुलाई थाहा नभएको बताउदै महाधिवेशनको बन्द शत्रले जे निर्णय गर्छ आफुले मान्ने बताए । महामन्त्री थापाले काँग्रेसमा प्रश्न नमरेको बताउदै पार्टीमा दास र लाश नभएको बताए ।











