चितवन। राप्ती नगरपालिका – २ सिमराचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालका अनुसार बुधबार (आज) साँझ अन्दाजी साढे ६ बजेको समयमा बा.प्र ०२ ०५६ प १११५ नं.को स्कुटरले पैदल यात्री रौतहट माधव नारायण नगरपालिका- ८ बस्ने वर्ष २४ को रुपेश राय यादवलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा साँझ ७:४५ बजेको समयमा मृत्यु भएको डिएसपी खनालले जानकारी दिए।
स्कुटर चालक राप्ती-२ बस्ने १८ बर्षीय दिपेश गौतमको नाक र टाउकोमा चोट लागी मध्यम घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।












