चितवन । यस वर्षको बर्खामा नारायणगढ–मुग्लिन सडक खण्डको ‘केराबारी’ले यात्रुलाई धेरै दुःख दिएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा मौरी पुल छ । पुलमुनिबाट बग्नुपर्ने खोला मौरी पुलमाथिबाट बगेको छ ।
यहाँ पहिरो जाँदा यात्रुहरु दुई दिनसम्म जाममा परेको रेकर्ड छ । पानी पर्ने बित्तिकै यहाँ लेदोसहितको पहिरो खस्छ । केराबारीमा आज (बिहीबार) अहिलेसम्मकै ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
https://youtu.be/xf0VWrr01HI