चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ।
आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
जसका कारण सयौं सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसंगै सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन्।












