चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान छ बजेदेखि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै नारायणगढ–मुग्लिन सडकको १६ किलो र १८ किलो भन्ने स्थानमा पनि पहिरो गएको छ । पहिरो पन्छाउन पाँच देखि छ घण्टासम्म लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।












