चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा आज बिहान ६ः३५ बजे माथिबाट सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरो पन्छाएर सकेसँगै बिहान ७ः४५ बजेदेखि सडक पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।












