चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो ।
कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।












