काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।
बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए।
उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसाबले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताए।
उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए।












