काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।
नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् ।
गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए ।
बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउन सक्ने स्थिति नरहेको बताए । उधारो दुध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो समेत गरे ।












