काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री कायम गरिदिन माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दिएका छन्।
ढकालले बुधबार नै रिट दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्। उक्त रिटमा बिहीबार सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी समेत चढिसकेको छ।
प्रवक्ता कुइँकेलका अनुसार ढकालले पार्टीको महामन्त्री अझै आफू नै कायम रहेको भनेका छन्।












