चितवन । भरतपुर महानगरपालिका– ११ नौरङ्गीमा श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार राती सवा ८ बजेको समयमा २५ वर्षीय राधिका कोईरालालाई निजको श्रीमान् राजु भण्डारीले कुटपिट गरी धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।
घाइते कोईरालाको शरिरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकोले भरतपुर सरकारी अस्पतालबाट थप उपचारको लागी राती सवा ११ बजेको समयमा पुरानो मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।
कुटपिट गरेर फरार रहेका श्रीमान राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












